
२९ असोज,काठमाडौं ।विमानस्थलमा सुरक्षा जाँचको जिम्मेवारी सम्हाल्दै आएका सर्टिस् कम्पनीका सयौँ कर्मचारीले तलब र रोजगारीका सर्तबारे विवाद जारी रहेपछि अक्टोबर १६ शुक्रबार हडताल गर्ने घोषणा गरेका छन्।
ट्रान्सपोर्ट वर्कर्स युनियनका अनुसार हडताल बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म हुनेछ। यो हडताल घरेलु तथा अन्तर्राष्ट्रिय टर्मिनलमा लागु हुने बताइएको छ।
कर्मचारीहरूले पूर्णकालीन रोजगारीका अवसर बढाउन,कामको तालिका न्यायोचित बनाउन र आंशिक समय काम गर्ने कर्मचारीको कार्यघण्टा कटौती रोक्न माग गरेका छन्।
सिड्नी विमानस्थलबाट शुक्रबार यात्रा गर्ने यात्रुले सुरक्षा जाँचमा सम्भावित ढिलाइको सामना गर्नुपर्ने देखिएको छ ।
