आज यी पाँच प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

३० असोज,काठमाडौं ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल,लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।

देशको हिमाली भूभागका थोरै स्थानमा,लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा तथा हल्का वर्षा र हिमपातको सम्भावना छ।