इलाममा किन भयो घण्टीको जमानत जफत !

इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गतको निर्वाचनमा रास्वपा(घण्टी चिन्ह)को जमानत जफत भएको छ ।

१९ जना उम्मेदवार रहेको यस क्षेत्रको निर्वाचनमा घण्टीको तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूको जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत आएपछि घण्टीको जमानत जफत भएको हो ।

कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बुको ५ हजार ५० भोटमात्र आएको छ ।

उनिसँगै अन्य आठ जना उम्मेदवारको पनि जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य ऐन अनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।