
काठमाडौं।१३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आज विभिन्न ट्रेड युनियन महासंघले र्याली निकालेका छन्।
मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्याली निकालेका हुन्।र्यालीमा उनीहरूले मजदुर एकता जिन्दावाद्,१३५औँ मई दिवस सफल पारौँ जस्ता नारा लगाएका छन्।
आठ घण्टा काम,‘आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सन् १८८६ मा अमेरिकाको सिकागोमा शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस (मे दिवस) मनाउन थालिएको हो।
