पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

रुपन्देही ।उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका छन् ।

बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछाने दलका नेतालाई भनेर,प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न सुझाए।तर राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने उनको भनाई छ।

९ बिगाहा क्षेत्रफलमा निर्मित यस कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरी ४ वटा ब्लकमा निर्माण गरिएको छ।