काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने

मनिषा गुरुङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

महानगरको सामाजिक विकास विभागले शनिबार एक सूचना जारी गर्दै महानगरपालिकाभित्रका स्थानीयहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो।

महानगरले लोकसेवा तयारी कक्षा लिन चाहने स्थानीयले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न आह्वान गरेको छ।