काठमाडौंको शंखपार्कमा पुरुषको शव फेला

काठमाडौं ।काठमाडौं को महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ ।

करिब ३५ वर्षका पुरुषको शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले  बताए । 

पार्कमा मृत भेटिएका पुरुषबारे प्रहरीले अनुसन्धान थालेको छ ।
शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी थापाले जानकारी दिए ।