
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।
बिहीवारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओलीले जान इसारा गरेका थिए ।
अध्यक्ष ओलीको इसारापछि कांग्रेसका उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएका थिए।नेपाली कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङको व्यवहार असभ्य भएको ओलिले बताएका छन् ।
उनले भने, ‘भिडन्त भएन,कांग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने,म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने।यो खालको सभ्य व्यवहार भएन।म आफ्नो ठाउँमा बसेको थिएँ।सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला।’एमाले अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले शुक्रवार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ सोबारे बताएका हुन् ।
