
काठमाडौं । बागमती प्रदेश सभाअन्तर्गत विषयगत समितिको सभापतिको चयन हुँदै छ।आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको हो।
विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरेका छन्।
सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिएका छन्।
प्रदेशसभाको पाँच वटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको बताइएको छ।
यस्तै प्रदेश सभाअन्तर्गतको विशेष समिति समेत गठन गर्ने सहमति भएको जनाइएको छ।
