
सीता पौडेल( अर्चना)
काठमाडौं ।नेकपा एमाले तारकेश्वरले दोस्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेसँगै आज अधिवेशन कार्यक्रमको शुरुवात गर्न लागेको छ ।
अहिले विहान ११ बजेदेखि तारकेश्वर,११ को नेपालटारमा अवस्थित कान्तिपुर एवी व्याङ्क्वेटमा हुन लागेको सो अधिवेशनमा विभिन्न मौलीक एवं साँस्कृतिक झाकी समेत प्रदर्शन गरिने नेकपा एमाले क्षेत्र नं ७ का क्षेत्रिय संयोजक विदुर अर्याले जानकारी दिए।
उनका अनुसार झाकी लामबगर मनमैजुबाट सुरु भई नेपालटारको अधिवेशन स्थल पुग्ने तयारी छ।
एमाले तारकेश्वरले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु,विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरु,पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई सक्रिय सहभागिताको लागि आग्रह गरेको छ।
उद्घाटन सत्रलाई नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले सम्बोधन गर्ने तयारी रहेको क्षेत्रिय संयोजक अर्यालको भनाई छ ।
११ वटै वडाका वडा कमिटिका अधिवेशन सकेर नगर कमिटिको अधिवेशन गर्न लागेको तारकेश्वर एमालेले सकेसम्म सहमतीको आधारम नेतृत्व चयन गर्न लागेकोे संयोजक अर्यालले जानकारी दिएका छन् ।
अधिवेशनमा आयोजक कमिटिका ७२ जना प्रतिनिधि,१० मनोनित सदस्य,विभिन्न जनसंगठनबाट १६ जन,सल्लाहकारबाट १ जना र ११ वटै वडाबाट १०० जना प्रतिनिधि छनौट भएको संयोजक अर्यालले जानकारी दिएका छन।
अधिवेशन आज र भोलि सञ्चालन हुने बताइएको छ ।
