पेशागत महासंघ नेपालको ३० औं स्थापना दिवस : शुभकामना आदान–प्रदान एवं उपहार नतिजा प्रकाशन

सीता पौडेल(अर्चना)

काठमाडौं।पेशागत महासंघ नेपालले आफ्नो ३० औं स्थापना दिवस मनाएको छ।

आइतवार नेकपा एमाले निकटको पेशागत महासंघ नेपालले काठमाडौंको भद्रकालीमा अवस्थित नेपाल टेलिकमको सभाहलमा भव्य समारोहको आयोजना गरि ३०औं स्थापना दिवस मनाएको हो।महासंघले स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदानसँगै ‘उपहार नतिजा’ प्रकाशन समेत गरेको महासंघका कार्यवाहक अध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केद्रिय सदस्य एवं महासंघको सल्लाहकार समिति प्रमुख बाबुराम थापाले एमालेका २३ वटा जनसंगठनहरु मध्ये,पेशागत महासंघ नेपाल एक सक्रिय र सशक्त संगठन भएको भन्दै यसको इतिहासका बारेमा बताए।

उनले भने,‘वि.सं.२०५२ जेठ ४ र ५  गते ‘पेशागत ऐक्यवद्धता मञ्च’का नाममा स्थापना भएर २०५३ को जेठमा मात्र ‘पेशागत महासंघ नेपाल’को नामाकरण भएको यो महासंघ विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुको एकमात्र छाता संगठन हो।त्यतिबेला ११ वटा घटकका १३० जना प्रतिनिधि र २० जना पर्यवेक्षक सहितको उपस्थितिमा यसको पहिलो अधिवेशन सम्पन्न भएको थियो।’उनले भने।

समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै महासंघकी उपाध्यक्ष शुशिला श्रेष्ठले महासंघको स्थापना र यसको भूमिका तथा यस उपहार नतिजा प्रकाशन कार्यको सबैको सहयोगले सम्भव भएको बताइन।साथै उनले पेशागत हक,हित र अधिकारको लागि तेरो र मेरो नभनीकन सबै पेशाकर्मी एक जुट भएर लाग्नु पर्ने आवश्यकता औंल्याइन।

सोही समारोहमा भएको उपहार नतिजा प्रकाशन गर्दा ४० जनालाई उपहार परेको छ।त्यसमा  रामेछापका उद्धव दाहालले  विक्रि गरेको ००६२३५ नम्बरको चिठ्ठाबाट प्रथम उपहार मोटर साइकल प्राप्त गरेर रामेछापकी सानुमाया मानन्धर भाग्यशाली विजेता बन्न सफल भएकी छिन्।भने,दोस्रो उपहार स्वरुप ०४४८१७ नम्बरको चिठ्ठाबाट काठमाडौंका विनोद भट्टराईले स्कुटर प्राप्त गरेका छन्।

त्यस्तै रसुवाका राम प्रसाद पाठकले विक्रि गरेको ०४६६२८ नम्बरको चिठ्ठाबाट बैंक तथा वित्तिय क्षेत्र कर्मचारी संघलाई तेस्रो उपहार ल्यापटप परेको छ।यस्तै ०४९१०५ नम्बरको चिठ्ठाबाट ललितपुरका मान बहादुर खड्का र ०४१७६६ नम्बरको चिठ्ठाबाट नेपाल राष्ट्रिय शिक्षक संगठनका विष्णु भण्डारी गरी दई जनाले वासिङ मेशिन प्राप्त गरेर चौंथो भाग्यशाली विजेता बन्न सफल भएका छन्।

यसरी यी उपहारसँगै जम्मा ४० जनालाई विभिन्न उपहार परेको छ।अन्य उपहारहरुमा वाटर प्युरिपाएर,मिक्सर ग्राण्डर,जुसर,इलेक्टिक गिजर,एलइडी ३२ इन्चको टिभी लगायतका उपहार परेको कार्यक्रम संयोजक एवं पेशागत महासंघ स्थायी कमिटि सदस्य नारायण बहादुर थापाले जानकारी दिए।

उनले १०० भन्दा बढी टिकट विक्रि गरेका तर पुरस्कार चिठ्ठा नपरेका २३ जनालाई अतिरिक्त पुरस्कार अन्तर्गत सान्त्वना पुरस्कार स्वरुप पपकर्न मेकर मेशिन प्रदान गरिएको बताए।साथै
महासंघले प्रतिथान रु २०० को जम्मा २६ हजार ६ सय ७९ थान चिठ्ठा विक्रि गरेकोमा सबैभन्दा धेरै झापा जिल्ला शाखाले विक्रि गरेको जानकारी दिए।

समारोहमा सल्लाहकार सह–संयोजक जयराम बस्याल,नेपाल निजामति कर्मचारी संगठनका उप–महासचिव युवाचन्द्र घिमिरे,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारी,विफुका प्रतिनिधि पुरुषोत्तम आचार्य,स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,सेवा निवृत्त राष्ट्र संघ नेपालका अध्यक्ष प्रयागराज शर्मालगायत अन्य सम्बद्ध घटकका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।

पेशागत महासंघ नेपालका उप–माहासचिव लक्ष्मण प्रसाद बजगाईँले कार्यक्रमको सञ्चालन गरेका थिए।

हेर्नुहोस् सूची