
काठमाडौं । सहकारी ठगी छानबिन गर्न बनेको संसदीय समितिको क्षेत्राधिकार तयका लागि गर्न कार्यदलको बैठक सिंहदरबारमा चलिरहेको छ। केही समयअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठकसुरू भएको हो।
बैठकमा कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहित नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसद जीवन परियार, कांग्रेसकै सांसद ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल बैठकमा सहभागी भएका छन्।
यसअघि बसेको तीनवटै बैठक निष्कर्षमा पुग्न नसकेपछि कांग्रेसले सत्तापक्षलाई मूर्त प्रस्तावसहित आउन आह्वान गरेको छ।
प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने अडान लिँदै आएको छ।
