बालेनद्वारा मन्त्री महासेठलाई दैनिक एक ट्रक धुलो पठाउने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई दैनिक रुपमा एक ट्रक धुलो पठाउने घोषणा गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा सडक विभाग डिभिजन कार्यालयको गेटअगाडि एक ट्रक धुलो फालेको भिडियो सार्वजनिक गर्दै मन्त्री महासेठ लक्षित सो घोषणा गरेका हुन् । फेसबुकमा उनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नामममा धेरै धुलो र कष्ट ब्यहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ जसले गर्दा महानगरवासीद्ये धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भोग्नु परेको छ। र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नुहोला ।’