
काठमाडौं ।हाल देशमा स्थानीय र पश्चिमी वायूको प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ। आज विहानैदेखि बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा पनि भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। भने,बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज शुक्रबार दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
बागती,कोशी र गण्डकी प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
उता राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।कोसी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
