घुससहित कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद पक्राउ

काठमाडौं ।३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय,चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन्।

जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो।

अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ।उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।