
सीता पौडेल(अर्चना)
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमाले काठमाडौं लिल्ला कमिटिको सातौं आधिवेशनबाट उपाध्यक्षमा काठमाडौं क्षेत्र नं ७ का विश्वराम साप्कोटा निर्वाचित भएका छन्।
उनि लगायत क्षेत्र नं ७ बाट अन्य २३ जना सदस्य निर्वाचित भएका छन्।एमाले काठमाडौंको हिजो मंगलबार राती सम्पन्न भएको सातौं आधिवेशनबाट उनिहहरु निर्वाचित भएका हुन् ।यद्यपी अधिवेशबाट केही सदस्यहरु सर्वमम्मतीमा निर्वाचित भएका थिए ।यसबाट क्षेत्र नं ७ ले एमाले काठमाडौंमा बलियो,दरिलो र गर्भिलो उपस्थिति रहेको एमाले क्षेत्र नं ७ ले जनाएको छ ।

उपाध्यक्षमा विजयी साप्कोटासँग पहिलेकै उपाध्यक्ष नवराज पराजुली लगायत अन्य थप २ उम्मेदवार प्रतिष्पर्धी थिए ।तर साप्कोटाले २ सय ६४ मत लल्याएर आफ्ना प्रतिस्पर्धी पराजुलीसहित ३ प्रतिस्पर्धीहरुलाई पराजित गरेको नवनिर्वाचत साप्कोटाले जानकारी दिएका छन् ।
उनले यो जितसँगै काठमाडौं क्षेत्र नं ७ का केही अग्रजहरुले गुमाउँदै लगेको एमालेको साख फर्किएको बताएका छन् । काठमाडौं जिल्लामा सो क्षेत्रको बलियो उपस्थितिले अब काठमाडौंको क्षेत्र नं ७ मा एमालेलाई कुनै शक्तिले हराउने आँट गर्न नसक्ने र एमालेले लिएको मिसन ०८४ सफल पार्न समेत मद्धत पुग्ने उनको भनाई छ ।
विजयी साप्कोटा यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा स्व. वडा अध्यक्ष मुकुन्द रिजालसँग झिनो मतान्तरका कारण पराजय भोग्न बाध्य भएका थिए।तर साप्कोटा पार्टीभित्र र समाजमा एक इमान्दार,लगनशील,सफल र अब्बल नेता एवं समाजसेवीको रुपमा परिचित रहेको क्षेत्र नं ७ बाट सदस्यमा सर्वसम्मतीले निर्वाचित जीवन मानन्धरले बताए।
हेर्नुहोस् क्षेत्र नं ७ बाट निर्वाचित अन्य थप २२ जनाको नामावली

र २२)मा तारकेश्वरकी विन्दु थापा गरि उपाध्यक्ष साप्कोटासहित क्षेत्र नं ७ बाट २३ जना निर्वाचित भएका हुन्।
अधिवेशनबाट क्षेत्र नं ५ का वर्तमान अध्यक्ष दिपक निरौला पुनः विजयी भएका हुन् ।उनले ३ सय ७० मत ल्याएर आफ्ना प्रतिष्पर्धी निर्मल देउला (१सय ९१ मत)लाई पराजित गरेका थिए ।त्यस्तै सचिव पदका लागि क्षेत्र नं ८ का वर्तमान सचिव राजेश शाक्य पनि पुनः निर्वाचित भएका हुन् । विजयी शाक्यले पनि ३ सय ७० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी सत्यमान डंगोलले १ सय ९१ मत मात्रै ल्याएका थिए ।

उपसचिवमा निर्वाचित क्षेत्र नं ३ का उद्धव भण्डारी ३ सय ४३ मत प्राप्त गरेर विजयी भएका हुन् ।भने,उनका प्रतिष्पर्धी गुञ्जमान सिंह बस्नेतले २ सय १८ मत ल्याएका थिए । उपसचिव महिलामा क्षेत्र नं १० कि विन्दु महर्जन सर्वसम्मतीले निर्वाचित भएकी छन् ।
यस्तै लेखा समिति अध्यक्षमा श्यामकाजी कार्की निर्वाचित भएको निर्वाचन समितिका प्रमुख कुमारी खरेलले जानकारी दिएकी छन्।उनले विजयी घोषणापश्चात हिजो नै निर्वाचित अध्यक्ष निरौला र लेखा समितिमा निर्वाचित अध्यक्ष कार्कीलाई सपथ ग्रहण गराएकी थिइन् ।

उनका अनुसार निर्वाचनका लागि ३६ वटा विधुतीय मेशिन (ईभीएम) मेसिन प्रयोग गरिएको थियो ।यसबाट ५६२ मतदाताले मतदान गर्दा करिब ४ घण्टा लागेको थियो।

मेशिनबाट प्रायजसो मतदाताले १० मिनेटमा सबै पदका लागि मतदान गरेका थिए ।भने,कतिपयलाई प्रविधिको जटिलताका कारण थप समय लागेको खरेलको भनाई थियो ।

दिउँसो १ बजेबाट अपरान्ह ४ः १५बजेसम्म भएको मतदानमा मतदान नसकिदै एमालेका नेता कार्यकर्ता र प्रतिनिधिहरुले आफूले गरेको फोहोर आफैंले सफा गर्नु पर्छ भन्दै मतदान स्थल वरपर छरिएर रहेका प्रचार–प्रसारका समाग्रीहरु एकै छिनमा सफा गरेर हटाएका थिए ।


मतदानमा मेशिनबाट मतदान गर्दा स्किप गर्न नमिल्ने र तोकिएको संख्यामा अनिवार्य मतदान गर्नु पर्ने हुँदा ‘नो भोट’ले भने कुनै ठाउँ पाएन ।मतदानपश्चात केही मतदाताहरुले पार्टीभित्र नचिनेको र नजानेको भएपनि हचुवाको भरमा मतदान गरिएको अनुभव सुनाएका थिए।
तर,मेशिनबाट मतदान गर्दा छिटो छरितो भएको र मतगणना पनि सजिलो भएकोले आगामी चुनाव र अन्य पार्टीका चुनावमा पनि विधुतीय मेशिनबाट मतदान गर्ने परिपाटी विकास गर्नु पर्ने धेरै प्रतिनिधि र उम्मेदवारको भनाई रहेको छ।

विद्युतीय मेसिन प्रयोग हुँदा एकातिर ठूलो मात्रामा राज्यको स्रोत खेर जान पाउँदैन।भने,अर्कोतर्फ ठूलो परिमाणमा मत बदर हुन पाउँदैन।विद्युतीय मेसिन प्रयोग हुँदा मतपेटिका,मत्रपत्रदेखि मसीलगायतका मतदान सामग्रीको आवश्यकता पर्दैन।त्यसले निर्वाचन प्रणालिमा आर्थिक मितव्ययिता कायम गर्न मद्धत पुग्ने मात्रै नभएर यसका अलावा व्यवस्थापकीय पक्षलाई पनि चुस्त र दुरुस्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

लामो र अलमलिने खालको मतपत्र हुने तर त्यसअनुरूपको मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुने र खेरा जाने भएको पाइएको हुँदा अब नेपालमा हुने हरेक प्रकारका निर्वाचनमा विद्युतीय मेशिनबाटबाट मतदान गर्ने परिपाटिको विकास गर्नु जरुरी छ।

४ दिनमा सकिएको अधिवेशनले पदाधिकारीसहित २ सय २५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय लेखासमिति बनाएको छ । ५ सय ८५ प्रतिनिधि छनौट भएकोमा बन्द सत्रको तेस्रो दिन ५ सय ६२ जनाले मतदान गरेका थिए । एमाले काठमाडौंले बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपको चौरमा भएको एक खुल्ला सत्रमा उद्घाटन गरेका थिए ।

