
काठमाडौं ।घरमा बालश्रमिक राखेकोमा एक जना प्रदेश सांसदविरुद्ध जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा जाहेरी दर्ता भएको छ।
लुम्बिनी प्रदेशसभाकी सांसद रेखाकुमारी शर्माले पीडित ८ वर्ष हुँदादेखि घरेलु श्रमिकका रुपमा राखेर बालबालिका ऐनविरुद्धको कसुर गरेको विषय जाहेरीमा उल्लेख छ।
काठमाडौं प्रहरीका अनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा पीडितको उद्दार गरिएको थियो ।पछिल्लो समय प्रहरीमा यस विषयमा जाहेरी दिनेको संख्या बढेको र जाहेरी दर्ता गरेर विस्तृत अनुसन्धान थालेको जनाएको छ ।
काठमाडौंबाट ३० जना बालश्रमिकको उद्दार गरिएको बताइएको छ।श्रमिकका रुपमा राखिएकी एक किशोरीमाथि बलात्कार समेत भएको पत्ता लागेको प्रहरीको भनई छ ।
