
काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरेका छन् ।
मन्त्री तामाङ हालै नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेर थातथलोको अवलोकन गरेका हुन् ।मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई
पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोषगरेका छन् ।
मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलयबनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिमसंरक्षण तथा प्रवर्द्वन केन्द्र’शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको जानकारी दिएका छन् ।यसैबीच थातथलो अवलोकनको क्रममा बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला
समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसकोठाउँको संस्कृति जोगाउनुपर्ने बताएका छन् ।
उनले भने,‘ग्लानहरुले खोज्दैआउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि जोगाउनुपर्छ। ’त्यस्तै बागमती प्रदेश पूर्व सांसदओमबहादुर ग्लानले यस थातथलोलाई चिनाउनका लागि मन्त्रीलेबजेट विनियोजन गरेकोमा धन्यवाद दिँदै थातथलोलाई कसैले पनि विर्सन नहुने बताएका छन् ।त्यसैगरि पर्यटकको आकर्षण थलो बनेको बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कुदाप क्याबा(चुल्हो) डाँडामा पर्यटक बृद्धि गर्न पहल गर्नु पर्ने आवश्यक्ता औंल्याइएको छ ।

गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले भाषा, संस्कृतिर थातथलो पहिचान गरेर यहाँबाट छुटेर गएका अन्य
ग्लानहरुलाई थप सहजीकरण गर्न पर्ने बताए ।पालिकाकी उपाध्यक्ष माकुरी तामाङले नेपालभरि छरिरहेका
ग्लान समुदायले उद्गमथलोलाई खोजी गर्ने अभियानमा लागेकोमाखुशी व्यक्त गरेकी छन्।भने,गाउँपालिकाका पूर्व अध्यक्ष योविन्द्रसिंह तामाङले पालिकाकै पर्यटनको आकर्षण तथा ग्लानको थातथलोको पहिचानको केन्द्र डम्फु पार्क र कुदाप क्याबाको निर्माणले छिल्लो पुस्तालाई थातथलो बुझाउन
मद्धत पुग्ने आशा लिइएको बताएका छन् ।
उनले भनेका छन्–‘आउँदो वर्षमा यसै थलोमा ग्लानको सामुहिक राष्ट्रिय भेला गर्नेछु।छरिएर रहेका ग्लानहरुलाई उद्गमथलोसम्म ल्याइपुर्याने वातावरण सिर्जना गर्न पहलसमेत गर्नेछ ।’
कुदाप र डम्फु पार्क पूर्व गाउँपालिका अध्यक्ष तामाङको पालामा बनेको थियो ।पार्कले ग्लान वंशको पहिचान र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ ।सो ग्लान समाज नेपालले आयोजना गरेको थियो ।
कुल पूजा गर्दा कुदापमा पकवान गरेर प्रसाद खाने चलन छ ।
