
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो।घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको जनाइएको छ।
मूल्य घटेपछि काठमाडौं,पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ।त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४,चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ।
त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं,पोखरा र दिपायल वरपर प्रतिलिटर १५२,सुर्खेत र दाङ वरपर १५१ र चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
