केमिकल हालेर पकाइएको आँप कसरी चिन्ने

काठमाडौँ । अब आँपको सिजन आएको छ । सिजन अगावै र पछिसम्म पनि बजारमा रसायनको प्रयोग भएका आँपहरू पाइन्छ । यस्ता आँपले स्वास्थ्यमा हानी पुर्‍याउने विज्ञहरू बताउँछन् ।

रसायनयुक्त आँप खाँदा फुड पोइजनिङ, पेट दुख्ने, झाडापखाला लाग्ने लामो समयपछि क्यान्सरसम्म हुने विभिन्न अध्ययनले औँल्याएको छ । यस्तो अवस्थामा रसायनमुक्त आँप पहिचान गर्नुपर्ने जानकारहरूले सुझाएका छन् ।

रसायन युक्त आँपले स्वास्थ्यमा एकैपटक असर नदेखिए पनि ‘स्लो पोइजन’ को रूपमा काम गर्ने विज्ञ भनाई छ । लामो समयसम्म ‘क्याल्सियम कार्बाइड’ खानाले क्यान्सर समेत गराउने छ । आँप आफैमा भने पोषणको दृष्टिकोणले भरिपूर्ण हुन्छ । आँपमा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिज पाइन्छन् । श्रेष्ठका अनुसार प्राकृतिक रूपले पाकेको आँपको तुलनामा विषदी राखेर पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्त्वको मात्रा कम हुन्छ ।

रसायन प्रयोग गरी पकाएका र प्राकृतिक रूपमा पाकेको आँपहरू रङ्ग, बास्ना, स्वादका आधारमा छुट्याउन सकिनेछ ।

केमिकल प्रयोग गरिएको आँप कसरी चिन्ने

.प्राकृतिक रूपले पाकेको आँपभन्दा केमिकल प्रयोग गरिएको आँप धेरै चम्किलो र हेर्दा लोभलाग्दो देखिन्छन् ।

.रसायनले पकाइएको आँपमा कालो र सेतो विभिन्न धब्बाहरू हुन सक्छ ।

.केमिकल प्रयोग भएको आँपको स्वादमा पनि फरक हुन्छ ।

.रसायन प्रयोग भएको आँप बास्ना नहुने वा कम बास्ना हुन्छ ।

. रसायन प्रयोग भएको आँप काट्दा गुदीको रङ्ग सामान्य आँपभन्दा फरक देखिन्छ ।