गर्मीमा दैनिक दही खानुका फाइदा

काठमाडौं । दही मानिसको लागि फाइदाजनक खाने कुरा मानिन्छ । अझ गर्मीमा दैनिक दही खानु निकै फाइदाजनक मानिन्छ । गर्मीमा दही खानु र मही पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

तर यस कुरामा ध्यान राख्नुपर्छ कि दही दिउँसो मात्र खानुपर्छ, राति होइन, किनकि दिउँसो दही खानु स्वास्थ्यको लागि बढी फाइदाजनक मानिन्छ ।

दहीले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न धेरै प्रभावकारी छ । त्यसैले दैनिक खाना पछि कम्तिमा दुई चम्चा दही खानु स्वाथ्यको लागि फाइदा हुन्छ ।
दहीमा पाचनयोग्य प्रोटिन र लाभकारी ब्याक्टेरिया पाइन्छन्, जसले भोक मेढाउन मदत गर्छ ।

दहीको नियमित सेवनले आन्द्रा र पेटको रोग लाग्दैन र धेरै प्रकारका भिटामिन बन्न थाल्छन् । दहीमा हुने ब्याक्टेरियाले ल्याक्टोज ब्याक्टेरिया उत्पादन गर्छ ।हरेक बिहान दही–चिनी खाँदा हाम्रो शरीरलाई तुरुन्तै ग्लुकोज प्राप्त हुन्छ । दही–चिनीबाट प्राप्त हुने ग्लुकोजले मन र शरीरलाई तुरुन्तै ऊर्जा प्रदान गर्छ ।

त्यसैले दहीमा प्रचुर मात्रामा क्याल्शियम पाइन्छ, जसले हाडलाई बलियो बनाउँछ । दहीले दाँत र नङलाई बलियो बनाउन र मांसपेशीहरूको कार्यमा पनि मदत गर्छ ।

गर्मी मौसममा दही खाँदा शरीर शीतल र स्वस्थ रहन्छ । त्यसैले पनि यसलाई आफ्नो दैनिक खानामा समावेश गर्नु राम्रो मानिन्छ ।