४ दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

गुल्मी । गुल्मीमा गत चार दिनदेखि बेपत्ता एक जना व्यक्ति मृत फेला परेका छन् ।इस्मा गाउँपालिका –१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिएका छन् ।

घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका–२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।