
मनिषा गुरुङ
काठमाडौ।अघिल्लो हप्त सुदुरपश्चिम प्रदेशबाट भित्रिएको मनसुनी प्रणाली हाल देशको पूर्वी भू–भाग देखिएको छ ।यस मनसुनी प्रणालीको प्रभावले आज कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ।
आज विहानैदेखि कोशी,मधेस प्रदेश,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ।कोशी,बागमती र गण्डकी प्रदेशका थोरै र मधेस प्रदेशलगायत बाँकी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उता राति पनि कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ।
कोशी प्रदेशका थोरै तथा मधेस,बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
महाशाखाका अनुसार भोलि बुधबार पनि मौसम उस्तै रहने सम्भावना रहेको छ।
