
सिराहा । सिराहामा मामाको छोराले चिर्पटले हानेर फुपूका छोराको हत्या गरेका छन्।
सिराहाको गोलबजार नगरपालिका–१० धर्मपुरका २८ वर्षीय संजय सदाले फुपूका छोरा ४० वर्षीय गेनी सदामाथि चिर्पट प्रहार गरेर हत्या गरेको सिराहा प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शुनिल कार्कीका अनुसार संजयले गेनीलाई गएराति चिर्पटले हान्दा गम्भीर घाइते बनाएका उनको उपचारको क्रममा आज बिहान स्थानीय अस्पतालमा मृत्यु भएको हो।
मदिरा सेवन गरेर मातेका दुबैजनाबीच विवाद भएको र सोही क्रममा चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ । संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
