पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ ।पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६,खरखरे भिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपागाइँ अनुसार खरखरे भिरमा सडक माथिबाट ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

 

हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँ लागतमा आयोजना सञ्चालन गरेको छ तर आयोजना पुरा भइसकेको छैन् ।काम ढीला हुँदा समस्या भइरहेको छ ।