संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।

संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन् ।