पाँच प्रदेशमा फैलियो मनसुन

जमुना धमला
काठमाडौँ । यस वर्षको मनसुन प्रणाली पाँच प्रदेशमा फैलिएको छ ।

जल तथा मौसम विज्ञान विभाग एक बुलेटिन निकालेर यस वर्षको मनसुन प्रणाली आज अर्थात (२० जुन) गतेका दिन कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको जनाएको छ ।

नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी मिति ( १० जुन) मा कोशी प्रदेशको पुर्वी भू–भागमा आगमन भएको थियो । विभागका अनुसार नेपालको बाँकी भू–भागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने संभावना रहेको छ ।