
चितवन । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । केही पहिरो पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको छ ।
एकतर्फी खुला भएको बाटो पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्ने बताइएको छ । दुईतर्फी सवारी सञ्चालनका लागि पहिरो पूर्ण रूपले पन्छाउने काम भइरहेको छ ।
