आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौं ।मनसुनी वायुको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशको केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।

माहाशाखाका अनुसार आज दिउँसो कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।कोशी,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती देशभर  मौसम साधारणतयादेखि पूर्णतया बदली रहने छ।कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

साथै कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको माहाशाखाले जनाएको छ।