
सुर्खेत । नेकपा .माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर जिसी चयन भएका छन् ।
दल नेता राजकुमार शर्माले सोमबार जिसीलाई प्रमुख सचेतक चयन गरेका हुन् ।यसअघि प्रमुख सचेतक रहेका हुम्लाबाट निर्वाचित सांसद रणसिं परियार जलस्रोत तथा ऊर्जामन्त्री भएका छन् । परियार मन्त्री भएदेखि प्रमुख सचेतक पद रिक्त रहेको थियो ।
