
काठमाडौं । आजदेखि आइतबार सम्म मनसुन थप सक्रिय हुने भएको छ ।मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभागरसिमाना आसपास) रहेको छ ।
आज रातीबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागलले जनाएको छ ।साथै भोलि देखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।
यी दुबै प्रणालिहरुको प्रभावले आज मिति २०८१/०३/२६ गतेको राती देखि मिति २०८१/०३/२९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
