राजनीति

अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छ : मुख्यमन्त्री लामा

अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छ : मुख्यमन्त्री लामा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, पुस मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिएका छन् । आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्दै उनले प्रविधिमैत्री र अध्ययनअनुसारको सीप पनि जरुरी रहेको उल्लेख गरे । “जे पढेका छौँ, जे सीप छ सोही सीपअनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ”, उनले भने । औद्योगिक क्षेत्रसमेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिँदै उनले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताए ।...
तीन विश्वविद्यालयका उपकुलपतिले  लिए शपथ

तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा .वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा .शारदा थपलियाको शपथ भएको हो । प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे ।...
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ : महासचिव पोखरेल

जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ : महासचिव पोखरेल

ब्यानर-१, राजनीति, समाचार
१२, पुस नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले जनआकांक्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल चितवनले आज बिहान नवलपुरको गैँडाकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समृद्धिको सपना पूरा गर्न प्रमुख दलहरू मिलेर अगाडि बढेको र यसमा सबैको सकारात्मक सहयोग हुनुपर्ने बताए। महासचिव पोखरेलले सूचना प्रविधि, विश्व अर्थ व्यवस्था र विकास प्राथमिकतामा आएका परिवर्तनहरूलाई आत्मसात् गर्दै सरकारले कानुनमा सुधार र सहकार्यका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए । “विश्वभर नै नयाँ नयाँ परिवर्तन र सोहीअनुसार मानिसका सोच र आवश्यकता बदलिरहेका छन् । कानुनी जटिलताले विकास निर्माणका काममा बाधा परेको छ”, उनले भने, “आवश्यकताअनुसार कानुन निर्माण र संशोधन गरेर ती नयाँ प्रविधिहरू र परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।”...
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, पुस काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।  ...
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, पुस काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।  ...
सबै एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्छ : प्रधानमन्त्री

सबै एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका मुलुक पनि एक भएर लाग्नुपर्नेमा जोड दिए । सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उनले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।  ...
विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, पुस काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरूबारेको छलफल कार्यक्रममा बोल्दै उनले सङ्घदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए । नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको बताए ।...

नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्ति एकताबद्ध हुनुपर्छ : ‘प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, पुस काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्ने उनको भनाइ छ । आज २६ डिसेम्बर अर्थात् माओको जन्मदिनको अवसरमा ‘प्रचण्ड’ले जारी गरेको सन्देशमा लेखिएको छ, ‘माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’ चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओको जन्म भएको थियो । उनी चिनियाँ कम्युनिष्ट पार्टी र नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक नेता हुन् । उनलाई संसारभरिका वर्ग...
स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ : स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, पुस काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु गरिसको बताएका हुन् । कार्यक्रममा उनले स्वास्थ्य बीमा, जनशक्ति वृद्धि, औजार मर्मत लगायत विषयमा कार्य भइरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा सुधार गर्नका निम्ति प्रयत्न थली सेकेका छौँ ।’ उनले भने, ‘बीमाको क्षेत्रमा, औषधिको क्षेत्रमा, जनशक्ति वृद्धि गर्ने सन्दर्भमा हामीले काम सुरु गरीसकेका छौँ । उपकरण बनाउने सन्दर्भमा, भवनलाई व्यवास्थित बनाउने सन्दर्भमा, स्रोत बढाउने सन्दर्भमा काम अघि बढाएका छौँ ।’...
बसबरिया गाउँपालिका–३ का वडाध्यक्षको निधन

बसबरिया गाउँपालिका–३ का वडाध्यक्षको निधन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, पुस सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधबार राति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए । मृतक महतोको शव भरतपुरबाट बिहीबार बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको बसबरिया गाउँपालिका निवासी नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए । वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।...