राजनीति

आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, पुस काठमाडौं । पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ ।बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । यस्तै, दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्यरप्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ । यस्तैगरी, ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।...
संविधान संशोधन गर्न कार्यदल गठन गरिने

संविधान संशोधन गर्न कार्यदल गठन गरिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, पुस काठमाडौं । नेकपा एमालेले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली काँग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ । हिजो बसेको सचिवालय बैठकले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली काँग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए ।...
सरकार संसदबाट तर्किएर हिंडिरहेको छ : सभामुख घिमिरे

सरकार संसदबाट तर्किएर हिंडिरहेको छ : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१० ,पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् । संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै सभामुख घिमिरेले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् । संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा बोल्ने क्रममा सभामुख घिमिरेले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा बन्ने, तर्सिने, तर्किने आदि जे गरेर हिडिंरहेको छ । यो बेठीक छ ।’ संसदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनुपर्ने घिमिरेले बताए ।...
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, पुस काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए । “नागरिकले महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ”, उनले भने, “काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।” मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई...
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, पुस काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन्। बुधबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि काँग्रेस , एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताएका हुन् । संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन काँग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ, उनले भने।...
एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, पुस काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको हो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले बैठक बस्न ढिलाइ भएको हो । जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची छ ।...
चन्द्रागिरिका मेयर गिरिसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

चन्द्रागिरिका मेयर गिरिसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
१०, पुस काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् । मंगलबार भएको सो भेटवार्तामा उनीहरू बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भएरगरेका कामका बारेमा राजदूतलाई संक्षिप्त जानकारी गराएका थिए ।नले नगरपालिकाबाट भैराखेको फोहर मैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराएका थिए । सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुंगा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिए । उनले नगरपालिकाका अन्...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१०, पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छबताएको छ ।    ...
सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

ताजा अपडेट, राजनीति, समाचार
१०, पुस काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । एमाले नेता गुरुङलाई हिजो कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो। स्रोतका अनुसार पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरूको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।...
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति

ब्यानर-२, राजनीति, समाचार
१०, पुस काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताए । इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै आइएको छ ।...