ताजा अपडेट

नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति यादव

नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति यादव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, मंसिर काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताएका छन् । । तीसौँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताए । काठमाडौँ महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपतिले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु हो भने । उनले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिए । महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले संघीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।...
मुस्ताङमा आलु ‘जोन’

मुस्ताङमा आलु ‘जोन’

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी । मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ‘जोन’ सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यसअघि मुस्ताङमा स्याउ र च्याङ्ग्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । म्याग्दी र मुस्ताङ कार्यक्षेत्र भएको परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख भरतराज गौतमले आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सरकारी सूचीकृत भएका जानकारी दिए । कार्यक्रममार्फत आलुखेती गर्ने कृषकलाई मल, बीउ खरिद, साना सिँचाइ निर्माण, भण्डारण, बजारीकरणलगायत कामका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइने उनले बताए । आलु जोन कार्यक्रमका लागि चालु आवमा रु एक करोड १७ लाख बजेट प्राप्त भएको गौतमले जानकारी दिए ।...
विद्युत् विधेयक संशोधन हुन्छ, पीपीए खुल्छ : ऊर्जामन्त्री खड्का

विद्युत् विधेयक संशोधन हुन्छ, पीपीए खुल्छ : ऊर्जामन्त्री खड्का

ताजा अपडेट, राजनीति, समाचार
२९, मंसिर काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझावसहित विद्युत् विधेयक संशोधन हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एसिएन पेन्ट्सले संयुक्तरुपमा शुक्रवार आयोजना गरेको ुइन्फ्रास्ट्रक्चर इनोभेसन एन्ड सस्टेनेबल डेभलपमेन्टु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खड्काले निजी क्षेत्रको साथ नभई २८ हजार ५०० मेगावाटको लक्ष्य पुरा गर्न नसकिने भन्दै निजी क्षेत्रका सुझाव समेटेर विद्युत् विधेयक संशोधन हुने दाबी गरेका हुन् । ऊर्जा क्षेत्रको विकास भए मात्र मुलुकको विकास सम्भव हुने भन्दै मन्त्री खड्काले छिट्टै पाइपलाइनमा रहेका ऊर्जा आयोजनाहरूको विद्युत् खरिद विक्री सम्झौता (पीपीए) खुला हुने पनि बताएका छन् ।...
प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन् : उपप्रधानमन्त्री सिंह

प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन् : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, मंसिर चितवन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग आज कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने उल्लेख गरे । उनले भने, “योजनाबिना काम थाल्नुभन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पुर्‍याउने गरी निर्माण अघि बढाउने छौँ ।” कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिए । पूर्वाधार निर्माणका लागि योजनासहित संरचना बनाउन समय लाग्ने भन्दै उनले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताए ।...
राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो : मन्त्री गुरुङ

राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो : मन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२९, मंसिर काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा एंव सातौं महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताएका हुन् । मन्त्री गुरुङले राजस्व संकलनमा समस्या आएको स्वीकार गर्दै भने, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन। भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्‍याएको छ।’ उनले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताए ।...
पत्रकार महासंघको प्रतिष्ठान प्रदेशबाट ओली र शर्मा निर्वाचित

पत्रकार महासंघको प्रतिष्ठान प्रदेशबाट ओली र शर्मा निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार
२९, मंसिर काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रतिष्ठान प्रदेशबाट ओली ४०० मतका साथ विजयी हुन् । यसैगरी निर्वाचित अर्का उम्मेदवार सविता शर्माले ४८७ मत पाउँदा उम्मेदवारहरू साहस भट्ट र नरेन्द्र मानन्धर पराजित भए ।...
पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल

पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल

ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
२९, मंसिर रसुवा । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भए । यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन हभएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए । यहाा तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो ।...
एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर भिड्दै

एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर भिड्दै

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
२९, मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई वटा खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ ।...
उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा पन्त र सुवेदी निर्वाचित

उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा पन्त र सुवेदी निर्वाचित

ताजा अपडेट, वातावरण, समाचार
२९, मंसिर काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उपत्यका प्रदेशबाट उनीहरु निर्वाचित भएका हुन् । मतपरिणामअनुसार सुवेदीले ७२७ मत प्राप्त गरे भने पन्ते ४८७ मत प्राप्त गरे । निर्वाचित पन्त र सुवेदी प्रेस सेन्टर निकटका हुन् ।...
आजको मौसम :  तराईमा हुस्सु, काठमाडौँ उपत्यकाका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा

आजको मौसम : तराईमा हुस्सु, काठमाडौँ उपत्यकाका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९, मंसिर काठमाडौं । आज तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ ।सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ । आइतबार पनि मौसम सफा नै रहनेछ । पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।...