ताजा अपडेट

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३०, मंसिर चितवन । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक बिसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका-४ चेरेसमा पर्दछ ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३०, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर आइतबार एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा एक हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर एक हजार ८४० रुपैयाँमा कायम भएको हो ।...
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

ताजा अपडेट, वातावरण, समाचार
३०, मंसिर तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए । साथै उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गरे । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो । गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएको स्थानीय प्रशन्न अधिकारीले बताए ।...
पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् । महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।...
विश्वका शक्तिशाली देशहरूले गरिबी निवारण गर्न सकेका छैनन् : प्रधानमन्त्री

विश्वका शक्तिशाली देशहरूले गरिबी निवारण गर्न सकेका छैनन् : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३०, मंसिर काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको बताएका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेसम्म विश्वका शक्तिशाली देशहरुले गरिबी निवारण गर्न सकेका छैनन् । सयौँ वर्षदेखि समृद्धि हासिल गरेर दुनियाँमा विकसित भनेर कहलिएका देशहरूले जनताको अवस्था एक हिस्सा गरिबिको अवस्था गरिबीबाट माथि उठाउन सकेका छैनन् । भिममंगा बनाएर छाडेका छन् । भोकै मनुपर्ने अवस्थामा छाडिइदिएका छन् ।’...
पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय छ :उपसभापति खड्का

पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय छ :उपसभापति खड्का

ताजा अपडेट, राजनीति, समाचार
३०, मंसिर सुनसरी । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताएका छन् । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले नेपाली काँग्रेसलाई स्थापनाकालदेखि यसको सांगठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताए । कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्‍याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताए ।...
सांस्कृतिक पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छ : राष्ट्रपति पौडेल

सांस्कृतिक पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा सांस्कृतिक पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याएको उल्लेख गरेका छन् । उँधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरे । राष्ट्रपति पौडेलले किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उँधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गरे । उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उनले भने, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पित...
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित निश्चित

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित निश्चित

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३०, मंसिर काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छिन् । प्रदेश २ (मधेस) बाहेक अन्य सबै प्रदेशको मतगणना पूरा हुँदा उनले निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार १ सय ४४ मतको फराकिलो अन्तरले पछि पारेकी हुन् । मधेस प्रदेशमा जम्मा ७७२ मत खसेको छ, जुन शर्माको अग्रताभन्दा कम हो । पछिल्लो मत परिणामअनुसार शर्माले ३ हजार ९ सय ७३ मत प्राप्त गरेकी छिन् भने विष्टले २ हजार ८ सय २९ मत पाएका छन् । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार हुन् । शर्माको प्यानलले अन्य पदहरूमा पनि अग्रता लिएको छ । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाललगायतका उम्मेदवारहरूले चुनावी नतिजामा स्पष्ट अग्रता देखाएका छन् । अन्तिम मत परिणाम भने अबको केहीबेरमा औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ ।...
आज उधौली पर्व मनाउँदै किरात समुदाय

आज उधौली पर्व मनाउँदै किरात समुदाय

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, मंसिर काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक(फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमि पूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली ९नाच०सहित पर्व मनाउँछन् । ललितपुरको सानो हात्ती वन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिक स्थल...
संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, मंसिर त्रिवेणी । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । “स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो”, उनले भने ।  ...