१, पुस काठमाडौं । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको हो ।
मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । सूचनामा लेखिएअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ ।
पुस १, २०८१, १२:०४ मा प्रकाशितपुस १, २०८१, १२:०४ मा प्रकाशितपुस १, २०८१, १२:०४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१, पुस काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र पत्रकारहरुबिचका सम्बन्धमा केही असहज जस्तो देखिएको बताउँदै यसमा खुल्ला बहस हुनुपर्नेमा जोड दिएका छन् । सोमबार ‘संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष दाहालले आचारसंहिता पालना गर्ने कुरामा पनि सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका युवा पत्रकार खोजमा चासो दिने खालका छन् ।
आचार संहिताबारे पनि सबै गम्भीर र संवेदनशील बन्न जरूरी छ । यसमा अलि बहस हुनुपर्छ ।’ उनले सूचना नदिँदैमा पत्रकारहरु रिसाइहाल्नुनपर्ने बताए ।...
पुस १, २०८१, ११:५७ मा प्रकाशितपुस १, २०८१, ११:५७ मा प्रकाशितपुस १, २०८१, ११:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१, पुस काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार ४ सय रुपैयाँ बढेर १ लाख ५१ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।...
पुस १, २०८१, १०:५७ मा प्रकाशितपुस १, २०८१, १०:५७ मा प्रकाशितपुस १, २०८१, १०:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१, पुस दाङ । दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउँखोला बक्सकटिङ नजिकै सोमवार विहान लु १ ज ४२९८ नम्वरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी सोमवार विहान करिव ५ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएपनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए।
प्रहर नायव उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए ।...
पुस १, २०८१, १०:५० मा प्रकाशितपुस १, २०८१, १०:५० मा प्रकाशितपुस १, २०८१, १०:५० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१, पुस काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।
पु...
पुस १, २०८१, १०:४२ मा प्रकाशितपुस १, २०८१, १०:४२ मा प्रकाशितपुस १, २०८१, १०:४२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१, पुस काठमाडौं । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको हो ।
२०४९ सालमा नेपाली काँग्रेसबाट काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए।
सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्यक बाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ।...
पुस १, २०८१, १०:३७ मा प्रकाशितपुस १, २०८१, १०:३७ मा प्रकाशितपुस १, २०८१, १०:३७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१, पुस काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो ।
यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै हिजो भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ ।
यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले त्यहाँबाट नयाँ मूल्यसूची आएसँगै मूल्य समायोजन गर्ने गरेको छ ।...
पुस १, २०८१, १०:२९ मा प्रकाशितपुस १, २०८१, १०:२९ मा प्रकाशितपुस १, २०८१, १०:२९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१, पुस काठमाडौं । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उनी पूर्वमन्त्री समेत हुन् ।
सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । उनको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ ।
११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने बताइएको छ ।सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए । गणेशमान सिंहको सहयोगी रहेका उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका थिए ।...
मंसिर ३०, २०८१, १४:२८ मा प्रकाशितमंसिर ३०, २०८१, १४:२८ मा प्रकाशितमंसिर ३०, २०८१, १४:२८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, मंसिर विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।
शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू बाबुछोरा हुन् ।
मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो ।...
मंसिर ३०, २०८१, १४:१९ मा प्रकाशितमंसिर ३०, २०८१, १४:१९ मा प्रकाशितमंसिर ३०, २०८१, १४:१९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, मंसिर चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए । उनले भने, “संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरु भएको छ ।
संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।” संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए । उनले थपे “संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौँ ।”
सरकारको स्थायित्व नै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर...