ताजा अपडेट

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, मंसिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । सो पार्टीका कार्यवाहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त नगरपालिकामा पार्टीका तर्फबाट जयराम कार्कीले प्रारम्भिक उम्मेदवारीका लागि नाम दर्ता गरे पनि अन्तिम समयमा नाम फिर्ता लिने चाहाना राखेकाले पार्टीका तर्फबाट उम्मेदवारी नदिइने बताए ।...
काठमाडौँ–१६ मा एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी दर्ता

काठमाडौँ–१६ मा एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी दर्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी दर्ता गरेका छन् । तुलाधर उम्मेदवारी दर्ता गर्न बाजागाजासहित आफ्ना समर्थक र शुभेच्छुकहरुसँग निर्वाचन कार्यालय पुगेका थिए । तुलाधरको उम्मेदवारी दर्ता गर्न एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता रघुजी पन्त, कृष्ण राईलगायत सहभागी भएका छन् ।...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२, मंसिर काठमाडों । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । तोलाको एक सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कारोबार भएको थियो ।...
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२, मंसिर काठमाडों । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए। महानिरीक्षक अर्यालले प्रस्तुत गर्नुभएको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा छलफल जारी छ । “सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, त्यसनिम्ति सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, मानव बेचबिखन र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायत विषय नेपालका तर्फबाट प्रस्ताव प्रस्तुत भएको छ । भोलि एउटा निष्कर्षका साथ बैठक समापन हुनेछ”, उनले भने ।बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन...
देउवा दम्पती उग्रतारा मेलामा

देउवा दम्पती उग्रतारा मेलामा

ताजा अपडेट, राजनीति, समाचार
२, मंसिर काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँका धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको हो । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो ।...
सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

ताजा अपडेट, शिक्षा, समाचार
२, मंसिर पर्वत । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् । यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो । अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन् । महाशिलामा जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा प्राथमिकता दिएपछि यहाँका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन् । हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाका नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका पनि लामो समय विद्यालयमा नटिक्ने समस्यापछि गाउँपालिकाले सामुदायिक विद्यालयबाट नै निजी विद्यालयसरहको शिक्षा दिन थालेपछि यस्तो हुन गएको दाबी गरेको छ । गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाले भने, “सुरुमा कक्षा १ देखि ३ सम्म दिवाखाजा कार्यक्रम सुरु गर्‍यौँ, यसले विद्यार्थ...
आजदेखि निर्वाचन आचारसंहिता लागू

आजदेखि निर्वाचन आचारसंहिता लागू

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२, मंसिर काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, संघीय सरकार वा प्रदेश सरकारका निकाय र पदाधिकारी, स्थानीय कार्यपालिका र त्यसका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प...
‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२, मंसिर काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएकी छन् । मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रूपमा आज आयोजना गरेको परियोजनाको अन्तिम मूल्यांकन बैठकमा मन्त्री भट्टराईले शिक्षाको मूल उद्देश्य मेहनत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउनु तथा सिकाइको प्रयोग गर्नु रहेको बताइन् । मन्त्री भट्टराईले दुई सय पाँच विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवर्द्धनका लागि भएका कार्यको प्रशंसा गरिन् । उनले विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न खेत तथा बारीलाई कृषिको प्रयोगशाला बनाउन आवश्यक भएको बताइन् ।  ...
आजको मौसम : यी दुई प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी दुई प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२, मंसिर काठमाडौं । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रही कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना भएको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।  ...
आज स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन

आज स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, मंसिर काठमाडौं । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले ज...