ताजा अपडेट

घुम्तीमा पुगेको मान्छे मोडिए जस्तै के भीम रावलले राजनीतिक मोड लेलान त ?

ताजा अपडेट, ब्यानर-२, राजनीति
काठमाडौं । नेकपा एमालेको पार्टी नेतृत्वले ‘बाइपास’ गर्दै राजनीतिक नेतृत्वबाट धकेलेपछि नेता भीम रावलले पार्टी नेतृत्वको व्यवहारप्रति असन्तुष्टि पोखेका छन् ।साथै उनले पार्टीको यस प्रकारको व्यवहारलाई अब नसहने चेतावनी समेत दिएका छन् । हिजो बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै असन्तुष्टि पोखेका थिए।उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको भन्दै पार्टी नेतृत्वको व्यवहार सहेर यहाँसम्म आइपुगेको र अब आफू गम्भीर मोडमा पुगेको बताए। उनले भने, ‘यहाँभन्दा अगाडिको मैले सबै सहेर आएको छ,गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ।मैले के सोचेको छु भने अब मलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ।एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरे...

आईपीएलमा हैदराबाद बेंगलोरसँग पराजित

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ ।२ ०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।अभिषेक शर्मा ३१,ट्रविस हेड १,एडेन माक्ररमम र हेनरिक क्लासेन ७९७ रनमा आउट भएका थिए भने, प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भएका छन् । त्यस्तै खेलमा बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २र२ विकेट लिएका थिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । भने,बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।...

आजदेखि कक्षा १२ को परीक्षा शुरु

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
भक्तपुर । कक्षा १२ को परीक्षा आज शुक्रबारदेखि सुरु हुँदैछ ।सो परिक्षा देशैभर एकैसाथ बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुदैछ ।  साथै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुँदैछन्। त्यस्तै ग्रेड बृद्धितर्फ एक लाख छ सय ५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको जनाएको छ।सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ र मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डको भनाई छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प...

इलाम र बझाङको उपनिर्वाचनको सुरक्षा तयारी पूरा भयो : प्रहरी

ताजा अपडेट, ब्यानर-१, राजनीति
काठमाडौं । नेपाल प्रहरीले यहि वैशाख १५ गते हुने उप– निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ। नेपाल प्रहरिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर  वैशाख १५ गते इलाम,२ (प्रतिनिधि सभा)र बझाङ १ (प्रदेश सभा) मा हुने उपनिर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको  बताएको हो। निर्वाचन पूर्व,निर्वाचनको दिन र निर्वाचनपश्चातको सुरक्षालाई छुट्टाछुट्टै कार्ययोजना बनाएर सुरक्षा व्यवस्था मिलाएको छ।दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटाइने तयारी भएको नेपाल प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिनुभयो।निर्वाचनमा प्रदेश प्रहरी प्रमुखहरुले प्रत्यक्ष अनुगमन र समन्वय गर्नेगरि सुरक्षा व्यवस्था मिलाएको उहाँको भनाइ छ। इलाम–२ बाट निर्वाचित पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भदौ २६ गते हृदयाघातको कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो। यस्तै प्रदेश सभा सदस्य रहनुभएका बझाङ १ बाट नि...

वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं  ।नेपाल क्रिकेट सं‌घ क्यानले वेस्ट इन्डिजको एसँगको पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आज बिहिबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो। नेपालको टिममा कप्तान रोहित पौडेल,कुशल भुर्तेल,आसिफ शेख,दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल,सन्दीप जोरा,गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी,ललित राजवंशी, आरिफ शेख र आकश चन्द छन्।वेस्ट इन्डिजले सन् २०१६ को टी–ट्वेन्टी विश्वकप जित्दा टिममा रहेका तीन खेलाडी यो टिममा छन्। वेस्टइन्डिजको टिमको कप्तानमा रोस्टन चेज र उपकप्तानमा एलिक एथानेज रहेका छन्। त्यसैगरी टिममा फबिएन एलन, कदिप एलियन, जोसुवा विसोप, केसी कार्टी, जोसनस चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर माथ्यु फर्ड लगायत १४ उत्कृष्ट खेलाडी रहेका छन्। सिरिज आउँदो शनिबारदेखि बैशाख २२ गतेसम्म हुनेछ। पाँच ...

गुठी विधेयक छिट्टै ल्याउँछौं : मन्त्री अधिकारी

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताउनु भएको छ । कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रियामा मन्त्री अधिकारीले सो गुठी विधेयक ल्याउने जानकारी गराउनु भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । पुरानो कानूनका राम्रा कुरालाई स्वीकार गर्दै परिर्वतित समयको मागलाई ध्यानमा राखेर सबै समुदायको अपनत्व रहने गरी गुठी विधेयक ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको बताइएको छ। मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले एकीकृत गुठी विधेयकले सबैको भावना समेट्ने बताउनुभयो।कार्यदलले सम्बन्धित सरोकारवालासँग छलफल गरेर लिखित,मौखिक र स्थलगत अध्ययन गरेर मस्यौदा ल्याउने बताउनुभयो। यसैगरि कार्यक्रममा गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले सबै समुदायको भावनाको प्रतिनिधित्व रह...

नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

कृषि, ताजा अपडेट, समाचार, स्थानीय
मनाङ । मनाङको नाम्के खर्कबाट औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन कार्य सुरु गरिएको छ । यहाँ यार्सागुम्बा पाउने धेरै खर्कहरु भए तापनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको नासों–८ का वडाध्यक्ष याद घलेले बताउनुभयो । अध्यक्ष घलेका अनुसार १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका यादले मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ, सोही अनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइएको छ ” उहाँले भन्नुभयो।...

१६औँ योजनामा एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिइएको छ : प्रधानमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो १६ औँ योजना कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग,रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा केन्द्रित हुने बताउनुभएको हो । ‘पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ’, प्रधानमन्त्री प्रचण्डले  ‘भन्नुभयो। यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धि सहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’ ‘योजना अवधिमा विभिन्न स्रोत र निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ’, १६ औँ योजना, ‘यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन ल...

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनु भएको छ। २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना र जनकल्याणका लागि गरिएको मार्गदर्शनको परिपालन गर्न आग्रहसमेत गर्नुभएको छ । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ, “सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ”।साथै उहाँले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख,शान्ति र समृद्धिको कामनासमेत गर्नुभएके छ । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजय...

सत्ता गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमालेको प्रतिवद्धता

ताजा अपडेट, राजनीति
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले वर्तमान सत्ता समीकरणलाई दिगो,परिणाममुखी र सफल बनाउने सङ्कल्प गरेको छ। दुइदिनसम्म ललितपुरको गोदावरीमा बसेको  बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित र फाल्गुन २१ गते गठन भएको नयाँ समीकरणप्रति सन्तुष्ट व्यक्त गर्दै समिकरणलाई सफल,परिणामुखी र दिगो बनाउने प्रतिवद्धता व्यक्त गरेको हो। आइतबार विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि तयार गरिएको निष्कर्षमा मुलुकमा स्थिरता र राष्ट्रियताको संवर्द्धनका लागि सत्ता समीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यसका विरुद्ध हुने कुनै पनि चलखेल र षड्यन्त्र चिर्न आह्वान गरेको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । गठबन्धनमा संलग्न पाँच दलले जारी गरेको साझा न्यूनतम कार्यक्रमलाई अघि बढाउने विषयमा पार्टीले जोड दिएको उनको भनाई छ ।  ...