Tag: लगानी सम्मेल

लगानी सम्मेलमा भएका सम्झौता के के छन्,आशयपत्र पेश गर्न समयअवधि कति?

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
काठमाडौं । हिजो सोमबार सम्पन्न भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सम्मेलनमा ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीले सहभागिता जनाए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशी भट्टका अनुसार नेपाल लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन सफल भएको छ।तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी,उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो रहेको उनको भनाई छ । आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन)का ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको सम्मेलनमा लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको बोर्डले जानकारी दिएको छ। विश्व बैंक,चीन,भारत,कुवेत,युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गर...