
१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको हो ।
‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचनामार्फत् भनेको छ ।

