स्थानीय तह उपनिर्वाचन : आजबाट दल दर्ता

१०, असोज काठमाडौं । स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आज (बिहीबार) बाट दल दर्ता सुरु भएको छ ।

नगरप्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मका रिक्त पदमा परिपूर्तिका लागि आजबाट दल दर्ताको कार्यतालिका रहेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा १६ असोजसम्म दल दर्ताको काम हुनेछ ।