१०, असोज चितवन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुत पनि अस्पतालले गरेको प्रगतिको प्रशंसनीय रहेको बताए।
अस्पतालले गर्ने कार्यहरू नेपाल सरकारको नीतिअनुसार बिरामी मैत्री बन्नुपर्ने उनको भनाइ थियो । उनले भने “नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने संक्ल्प र प्रतिबद्धता आएको छ, धन्यवाद दिन चाहन्छु ।
” उनले थापे “अस्पतालबाट प्रदान गरिने सेवाहरूको विस्तृत विवरण प्रतिवेदनका रूपमा सार्वजनिक भएबाट अस्पतालका कार्यहरू नेपाल सरकारका नीतिअनुसार बिरामी मैत्री भएकोमा खुसी व्यक्त गर्दछु ।”
