सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

५, चैत काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।