शिक्षकहरूका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुने

५, चैत काठमाडौं । शिक्षकहरूको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट लागू हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचनामार्फत जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार प्रतिनिधि सभामा संशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ मा आवश्यक व्यवस्था गर्न सहमति दिएका हुन् ।

विधेयक, २०८१ मा विधेयकको दफा १२ मा रहेको निवृत्तभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको (क) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तभरण कोष ऐन, २०७५ मिति २०७५र१२र४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु ।’ भनिएको छ ।

अब निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ ९क१० शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था २०८२ साल वैशाख १ गतेदेखि प्रारम्भ हुने मन्त्रालयले जनाएको छ।