सत्य तथ्य प्रवाह गरी पार्टीमाथिको चौतर्फी आक्रमणलाई रोक्नु पर्छ : शंकर पोखरेल

जमुना धमला

२२, जेठ काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् ।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उनले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताए ।

महासचिव पोखरेलले भने, “अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ । नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ ।”मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गरे। एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मूलक मध्ये नेपाल पहिलो नम्बरमा रहेको बताए ।