
सीता पौडेल (अर्चना)
जेठ २७ काठमाडौं । तारकेश्वर नगरपालिकाले ‘नगरप्रमुखसँग सञ्चारकर्मीै अन्तरक्रिया तथा अभिमूखिकरण’ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको उत्तरीभेगमा नागार्जुन–शिवपुरी,जंगलको फेदमा रहेको तारकेश्वर नगरपालिकाले सोमबार ३ नं वडाको ओशो तपोवनस्थीत,होटल मोनालिसामा उक्त कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको कार्यक्रमका संयोजक,समार्टपार्टी मिडिया हाउसका अध्यक्ष ऋषी बस्यालले जानकारी दिए। अध्यक्ष बस्यालका अनुसार संवादमार्फत स्थानीय सरकार र मिडियाबीच सशक्त सहकार्य र सहयात्रा गरी दुबै पक्ष मिलेर जनउत्तरदायी शासन प्रलालीको विकास,सेवा प्रवाहलाई पारदर्शी एवम् चुस्त–दुरुस्त बनाउन र समृद्ध तारकेश्वर निर्माणको लागि मिडिया र नगरबीच सहयोग,समन्वय र सहयात्रा गर्ने प्रणालीको विकास गर्न यस प्रकारको खुला संवादको आयोजना गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख (मेयर) कृष्णहरि महर्जजनले आफु निर्वाचित भएर आएपछि पालिकाको समाजिक,भौतिक,आर्थिक तथा सांस्कृतिकिसँगै मानविय विकासमा थुप्रै राम्रा कामहरु गरिएको र यसलाई नगरवासीले स्रहान गर्दै आएपनि केही सञ्चारकर्मी र मिडियाहरुले नियोजित तरिकाले गलत प्रचार गर्ने गरेको गुनासो गरे ।
समृद्ध नगरपालिका निर्माणको लागी मेयर र संचारकर्मीहरुबीच खुला संवाद र सहकार्यका सम्भावनाहरुबारे गहिरो छलफल भएको सो कार्यक्रममा मेयर महर्जनले केही पत्राकार र मिडियाहरुले नियोजित रुपमा गलत सूचना प्रवाह गरि पत्रकारीताको मर्म र धर्मबाट च्युत भएको र चरित्र हत्या गर्न खोजेको हुनाले आफ्नो मनोबल गिराउन खोजेकोसमेत अनुभूती गरेको दुःखेसो पोखे ।
कार्यक्रममा नगरपालिका नीतिको तथा कार्यक्रम,योजनाहरु र रणनीतिहरुको फेरिस्त लागाउँदै उनले सबै पत्रकारहरुलाई एउटै तराजुमा जोख्न नमिल्ने तर पालिकाले गरेका राम्रा कामहरुको प्रचार गर्न नसके गलत तवरबाट समाचार सम्प्रेषण नगरिदिन पनि सञ्चारकर्मीहरुलाई अनुरोध गरे ।
तथ्यमा आधारित सत्य सूचना तथा समाचार सम्प्रेषणको अपेक्षा राख्दै उनले जनहित विरुद्धका कामहरु नजानेर गरिएको भए खबरदारी गर्न र गल्तिलाई सुधार गरेर अगाडि बढ्न सकारात्मक सुझाब सल्लाह दिनसमेत मेयर महर्जजनले सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् ।
कार्यक्रममा नगरउपप्रमुख सृजना बुर्लाकोटी (अर्याल)ले पनि कतिपय पत्रकारहरुले आफुहरुले गरेका राम्रा कामलाई पनि गलत तरिकाले सम्प्रेषण गरेको दुखेसो पोखिन् ।नगरपालिकाको न्यायीक समितिले गरेका राम्रा कामको पनि सत्य,तथ्य नबुझि सतही रुपमा व्याख्या गरेर केही मेनस्ट्रीम मिडियालेसमेत गलत प्रचार गरेको उनले जिकिर गरिन् ।
उपमेयर
अर्यालले पालिकाले चिया चर्चा,जेष्ठ नागरिक विद्यालयजस्ता उदाहरणीय काम समेत गरेको र यसको प्रभावकारिता राम्रो देखिएको भएपनि जेष्ठ नागरिक विद्यालय बनाउने योजनामा समेत भाँजो हाल्दै गलत प्रचार गरेको उल्लेख गरिन् ।कानुन भन्दा माथी कोही पनि ठूलो नहुने भन्दै उनले सबैले कानुनको पालना गरेर र यसको परिधिमा रहेर असल कामको अभ्यास गर्नु जरुरी रहेको उल्लेख गरिन् ।
मिडियाले सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्ने भन्दै उनले आफुहरुले गलत गरे खबरदारी गर्न भन्दै सहीलाई समर्थन गरी पालिकाको विकासमा मिडियासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताइन् ।कार्यक्रममा नगरपलिकाका प्रवक्ता एवम् वडा नं २ का वडा अध्यक्ष राधाकृष्ण खड्गी र वडा नं ३ का वडाध्यक्ष परशुराम अर्यालले नगरको सञ्चार रणनीति,जनसम्पर्क प्रक्रिया,मीडिया र स्थानीय सरकारबीचको समन्वय,सहकार्य र सहयात्रा,नगरपालिकाको गतिविध र सूचनाको पारदर्शितामा सो कार्यक्रमले सकारात्मक संवादको माहोल निर्माण गर्न मद्दत पु¥याएको स्पष्ट पारे ।
उनीहरुले स्थानीय शासनलाई नागररिकमुखी,जवाफदेही र उत्तरदायी बनाउँन, पालिकाको दीगो विकासमा यस कार्यक्रमले संवादमार्फत सकारात्मक शुरुवात गरेको जिकिरसमेत गरे ।तारकेश्वर नगरपालिकाले संरचित,पारदर्शी र सहकार्यमा आधारित सूचना प्रणाली विकास गरि मिडियाको भूमिकासमेत प्रभावकारी बनाउन सहयोग गर्ने नगरको रणनीति रहेको प्रवक्त खड्कीको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले सो कार्यक्रमले सञ्चारकर्मी र नगर प्रशासनबीचको सम्बन्धलाई अझ बलियो बनाउने र समावेशी र जनउत्तरदायी शासन प्रणालीको अभ्यासलाईसमेत सुदृढ बनाउने विश्वास लिइएको जिकिर गरे ।
तीन चरणमा विभाजन गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा आरआर क्याम्परका सह—प्राध्यापक एवम् प्रेस काउन्सिल नेपालका वोड सदस्य शान्तराम विडारीले पत्रकारिता,पत्रकार आचारसंहिता,समाज,नगर र सिंगो राष्ट्र विकास र समृद्धिमा पत्रकार एवम् संचारकर्मीले खेल्ने भूमिका,स्थानीय सरकारसँगको समन्वय र सहकार्यको प्रभावकारिता र आवश्यकता, प्रेस स्वतन्त्रता,प्रेस काउन्सिलको भूमिकाजस्ता विषयमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।
यसैगरि
गोर्खापत्र दैनिकका उपसम्पादक दिपक श्रेष्ठले पत्रकारितामा गहन रिपोर्टिङ अर्थात फिचर लेखन, यसको महत्व,स्थानीय रिपोर्टिङमा यसको प्रभावकारीता जस्ता विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।भने,प्रेस युनियनका महासचिव एवम् नागरिक दैनिकमा आर्थिक ब्युरो प्रमुख दिलिप पौडेलले जनप्रतिनिधी र पत्रकार दुबैपक्ष नागरिकप्रति उत्तरदायी बन्नु पर्ने र नगरपालीकाले पूर्वाधार विकासमा मात्रै नभएर मानवीय विकासमा समेत जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
विगत २२ वर्षदेखि विभिन्न एफ.एम रेडियो,टेलिभिजन र अनलाईन माध्यमा काम गर्दे आएकी हाम्रो मिडिया हाउसकी अध्यक्ष एवम् सगरमाथाप्रेस डटकमकी सम्पादक पत्रकार सीता पौडेल (अर्चना)ले सञ्चालन (उद्घोषण) गरेको सो कार्यक्रममा सहभागी पत्रकार तथा संचारकर्मीहरुले विषेशगरि स्थानीय मिडियाहरुको संरक्षण,विकास र प्रवद्र्धनमा पालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने र पालिकाको विकास र समृद्धिका लागि मिडिया एवम् संचारकर्मीहरुले पनि सत्य तथ्य सूचना,जानकारी तथा समाचारहरु सम्प्रेण गर्नु पर्ने,पत्रकारले समाजका नराम्रा प्रवृत्तिहरुप्रति खबरदारी गर्नु पर्ने,नागरिक र स्थानीय सरकारबीच सेतुको भूमिका निर्वाह गर्नु पर्ने छलफल एवम् संवाद भएको बताइन् ।
यसैगरी सूचना संकलन र सम्प्रेषणमा मिडियाले बायस हुन नहुने,मिडिया र स्थानीय सरकारवीचको खाडललाई पुर्नु पर्ने,सूचना प्रवाहमा पारदर्शीता,पालिकाले पत्रकारलाई समयमै सत्य,तथ्य सूचना उपलब्ध गराउनु पर्ने,पत्रकारले नगरपालीकाले गरेका काम र गर्नु पर्ने कामहरुका गहन रिपोर्टिग सहितका समाचार सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्नु पर्ने,एक अर्काको जिम्मेवारी र भूमिकासँगै पेशागत मर्यादालाई सम्मान गर्दे सहकार्य र सहयात्रालाई प्रभावकारी एवम् दरिलो बनाउने निष्कर्षसहित कार्यक्रम निकै उपलब्धिमूलक बनेको उद्घोषक पौडेलले बताइन् ।
कार्यक्रममा विभिन्न ३० वटा मिडियाका पत्रकार तथा सञ्चारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
