जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

२३ भदौ,काठमाडौं । काठमाडौंमा सोमबार हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

दिउँसो पौने ४ बजेसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार,ट्रमा सेन्टरमा ६,सिभिलअस्पतालमा ३,केएमसी अस्पतालमा १,त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको हो ।
प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन ।

मन्त्रालयले अहिले विभिन्न अस्पतालमा विवरण संकलन गर्ने कार्य गरिरहेको जनाएको छ ।केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्‍याइएको छ।