आज शुक्रबार दिउँसोको कर्फ्यु हट्यो,निषेधाज्ञा यथावत

२७ भदौ,काठमाडौं।नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ ।आज शुक्रबार बेलुकी ७ बजेदेखि भोली शनिबार भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ।

आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको सेनाले ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने निषेधाज्ञा लागू हुने सेनाद्धारा जारी सूचनामा उल्लेख छ ।

निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो।

उपत्यका बाहिरका केही जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यु तथा निषेधाज्ञा जारी गरेका छन् ।