सिरहामा सुरक्षा व्यवस्था,थप सक्रिय बन्यो नेपाली सेना

२७ भदौ,काठमाडौं ।
सिरहामा कफ्र्यु आदेश जारी भएपनि प्रदर्शन हुने सूचना पाएपछि नेपाली सेनाले चेकजाँचसहित सुरक्षामा कडाइ गरेको छ ।

अत्यावश्यक काम वाहेक मानिसहरुलाई सडकमा हिड्न समेत रोक लगाइएको छ ।

जिल्ला प्रशासनले मंगलबारदेखि नै जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।