
२७ भदौ,काठमाडौं।जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।
यस्तै जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको पनि अन्त्येष्टि भएको छ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।
